मिना कंडेल ,कावासोती। स्थानीय तहको निर्वाचन नजिकिदै जाँदा उम्मेदवारहरु घरदैलो अभियानलाई तिव्रता दिइरहेका छन् । नेपाली कांग्रेसबाट कावासोती नगरपालिकामा नगर प्रमुख पदका उम्मेदवारी दिनुभएको महेन्द्र पोखरेलले आफ्ना प्रतिबद्धता पत्र कागजी रुपमा मात्र सार्वजनिक नभएको भन्दै बोलेका कुरा काम गरेर देखाउने बताउनु भयो । आफू निर्वाचित भए कावासोती बासीको समस्यामा सदैव लाग्ने बताउनुभएको छ । कावासोती १ को घरदैलो कार्यक्रममा बोल्दै यहाँका जनताले भोग्दै आएको खानेपानिको समस्या तत्काल समाधान गरि शुद्ध खानेपानि वितरण गर्ने बताउनु भयो । त्यस्तै उहाँले भुमि आयोग गठन गरि लालपुर्जा विहिनहरुलाई सवैको हातहातमा लाल पुर्जा पुयाउने प्रतिबद्धता व्यतm गनुभएको छ । उहाँले कावासोती नगरबाट कुनै शिर्षकमा रकम कटौती गरेर भएपनि अशतm , असहाय, महिलाहरुलाई भताको व्यवस्था गर्ने बताउनु भयो । कावासोतीका हरेक क्षेत्रका समस्या बारे आफू अवगत रहेको बताउदै निर्वाचित भए हरेक समस्याको क्रमशः समस्या गर्दै जाने बताउनु भयो । कावासोती को विकास र समृद्ध कावासोती निर्माण गर्न आफू लगायत गठबन्धनका सबै उम्मेदवारलाई विजयी गराउन आग्रह गर्नुभयो । उपप्रमुखका उम्मेदवार पतिराम थनेत सहितको गठबन्धनको टोलीले कावासोतीका विभिन्न वडामा आफ्नो घरदैलो अभियानलाई जारि राखेको छ ।
सवैको हातहातमा लाल पुर्जा पुर्याउछु : पोख्रेल