ध्रुव जंग थापा - नवलपुर नवलपुरमा चुलिएको भूमिहीन सुकुम्बासी को आन्दोलनलाई साम्य पार्न आज देवचुली नगरपालिकामा विभिन्न राजनीतिक दल, सुकुम्बासी संघर्ष समितिका पदाधिकारी र नगरपालिकाका प्रतिनिधि बिच छलफल वार्ता सम्पन्न भएको छ। वार्तामा नेपाली कांग्रेस देवचुलीका सभापति डिल्लीराम कडरिया, नेकपा एमाले नगर अध्यक्ष कृष्णबहादुर के.सी. माओवादी केन्द्रका अध्यक्ष सत्यनारायण भुसाल र जसपाका नगर अध्यक्ष कृष्ण राज गैरे त्यसैगरी जसपा गण्डकी प्रदेश उपाध्यक्ष नारायण भण्डारी लगायतका नेता कार्यकर्ताहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा सम्पूर्ण राजनीतिक दलका प्रतिनिधिहरुले भूमिहीन सुकुम्बासीले लालपुर्जा नपाएसम्म चुनावमा सहभागी नहुने प्रतिवद्धता सामुहिक रुपमा जाहेर गरेका छन। नवलपुरमा केही समयदेखि भूमिहीन सुकुम्बासीहरुले नो लाल नो लालपुर्जा भन्दै चुनाव र राजनीतिक दलहरुलाई बहिस्कार गर्दै आइरहेका छन्।
सुकुम्वासीहरुले पुर्जा नपाए सम्म चुनावमा सहभागी नहुने देवचुलीका सवै राजनैतिक दलहरुको प्रतिवद्वता