सरु भुसाल / विहादी ,पर्वत |
पर्वतको विहादी गाउँपालिकामा भोलिबाट टाइफाइडविरुद्ध बालबालिकाहरु लाइ खोप लगाइने भएको छ | बुधवार स्वस्थ कार्यलय विहादीले आयोजना गरेको एक अन्तरक्रिया कार्यक्रममा जानकारी गराउदै विहादी गाउँपालिका स्वस्थ शाखा प्रमुख हरि भुसाले भन्नु भयो गाउँपालिकाले ६ वटा वडा भित्रका विभिन्न स्वस्थ चौकी ,विद्यालय ,धेरै मानिसलाइ पाइपर्ने चोकलाई खोप केन्द्र बनाएर खोप लगाइने छ | चैत २५ गतेदेखि विहादी गाउँपालिका भित्रका १५ महिनादेखि १५ वर्ष उमेर समूहका सबै बालबालिकालाई टाइफाइडविरुद्ध खोप लगाइने भएको छ | नेपालमा पहिलो पटक यो खोप दिइन लागिएको हो नेपालले पछिल्लो १० वर्षदेखि खोप लगाउने विषयमा गृहकार्य गर्दै आएको थियो। भोलिदेखि सुरु हुनलागेको खोप अभियान आगामी वैशाख २५ गतेसम्म चल्नेछ ।