घनश्याम सुवेदी , चोरमारा। आज नेपाल ग्रीन भ्याली सेकेण्डरी इङलिस स्कुल मध्यबिन्दु ८ चौराङीमा रहेको नेपाल ग्रीन भ्याली बाल क्लबले राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा बृहत सरसफाइ कार्यक्रम सम्पन्न गरेको छ । समुदायमा सरसफाइको महत्त्व बुझाउन, विद्यार्थीहरुलाई सामाजिक कार्यक्रममा लाग्न प्रोत्साहित गर्न सो कार्यक्रम भएको विद्यालयका सहायक प्रधानाध्यापक कृष्ण रानाले बताउनु भयो ।
साथै विद्यालयबाट सुरु भएको सरसफाइ कार्यक्रम वडा कार्यालय , ल्होसेधारा मन्दिर हुँदै फुलबारी टोलमा रहेको दुर्गा मन्दिर परिसरमा समेत सरसफाइ गरिएको उहाले बताउनु भयो । त्यसतै कोणसभामा बोल्दै रुपान्तरण र युवा प्रा लि का उपाध्यक्ष एवम विद्यालयका शिक्षकले बाल क्लबले उक्त कार्यक्रम आयोजना गरेकोमा धन्यवाद ज्ञापन गर्नु भयो । साथै उहाले भन्नु भयो' देश जहानिया राणा शासन अन्त्य भइ विकासको नया युगमा प्रवेश गरेको दिन फागुन ७ हामीले कहिल्यै बिर्सन हुदैन ' । बाल क्लबले गरेको यस कार्यक्रमबाट आफू खुसी भएको कुरा विद्यालयका प्रधानाध्यापक खेम चौधरीले बताउनु भयो । कार्यक्रममा विद्यालयका कक्षा ७,८ र ९ मा विद्यार्थीहरु सहभागी रहेका थिए ।
प्रजातन्त्र दिवसको अवसरमा सरसफाइ कार्यक्रम