देवचुली। आज अनेरास्ववियु देवचुली नगर कमिटीले देवचुली नगर कार्यपालिकामा देवचुली नगरका सडकहरुमा खाल्डाखुल्डी भएकोले तत्काल उक्त सडकहरुको मर्मत गर्नु पर्ने भन्दै नगर प्रमुखको ध्यानाकर्षण गराएको छ । विशेष गरि दलदले - मुण्डे सडक खण्डमा धेरै खाल्डाखुल्डी भएको साथै कुम्सोत जाने बाटोमा पहिरो गएको र अझ सम्म उक्त सडकको मर्मत नभएको प्रती खेद प्रकट गरेको छ । यसरी 'सडकको अवस्था दयनीय हुदा पनि स्थानीय सरकार मौन हुनु लाजमर्दो र आपत्तिजनक छ ' विज्ञप्तिमा उल्लेख छ ।
त्यस्तै , अध्यक्ष शिशिर गैरेले भन्नू भयो' अहिलेसम्म आवाज उठाउने कोहि थिएन र यी सडकहरूमा कसैको ध्यान पुगेन अब अखिलले यस्ता विषयहरु उठान गर्ने छ र यस्ता समस्या समाधान गर्न चर्को स्वरमा प्रस्तुत हुने छ ' साथै उहाँले भन्नू भयो देवचुली नगरपालिका अब रुपान्तरणको नया युगमा प्रवेश गरेको छ ,अब यहाँका सबैखाले समस्या समाधान गर्न अखिल लागि पर्ने छ । ' ज्ञापन पत्र बुझाउन अनेरास्ववियु देवचुली नगर कमिटी उपाध्यक्षहरु निरञ्जन पौडेल , सचीव सुजन भुसाल ,कोषाध्यक्ष श्रद्धा पाण्डे सदस्यहरु श्रीया गैरे, गोविन्द भुसाल निश्चल उपाध्याय , अनेरास्ववियु देवचुली नगर इन्चार्ज अर्मान मिया , अनेरास्ववियुका नेताहरू नेल्सन सुवेदी लगायतको उपस्थिति रहेको थियो ।
देवचुली नगरपालिकालाई अनेरास्ववियु देवचुलिको ज्ञापन पत्र: बाटोको खाल्डाखुल्डी पुर्न ध्यानाकर्षण