संजय कुशवाहा / नवलपरासी, ७ माघ । पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका आयुर्वेद शाखाले स्वेदन सेवा सुरु गरेको छ । स्वेदन सेवा कार्यक्रम अंतर्गत गाउँपालिकाको वडा न.१ देखी वडा न.९ सम्मका प्रतेक वडामा असक्त नागरिकहरूको घरदैलो मै गएर स्वेदन सेवा आयुर्वेद शाखाले सुरु गरेको छ । सो गाउँपालिकाको हरेक वडाहरूमा रहेका बात तथा नसा सम्बन्धि रोगबाट पीडित बिरामीहरूको घरदैलो मै पुगेर स्वेदन सेवा मार्फत उपचार गरिरहेको आयुर्बेद शाखाका प्रमुख दिनबन्धुु मिश्राले बताउनुभयो । बात तथा नसा रोगबाट पीडित रहेका बिरामीहरू घरदैलो मै उपचार पाउदा आयुर्वेद शाखा प्रति स्थानीयहरूले खुसी भएका छन् । आयुर्बेद शाखा गाउँपालिका अन्तर्गत निकै प्रभावकारी हुदै गएको साथै उक्त शाखामा दिनहुँ बिरामीहरुको चासो पनि बढदै गएको छ । विगतको केही बर्ष देखी हजारौं मानिसहरु आयुर्वेद शाखा तर्फ आकर्षित हुदै गएको देखिन्छ । आयुर्बेद शाखाले निशुल्क रुपमा विभिन्न राेगकाे आयुर्बेद औषधि समेत लामाे समय देखि गर्दै आएकाे हो । विभिन्न समयमा याेगा, नि:शुल्क स्वास्थ शिविर तथा जनचेतनामुलक कार्यक्रम समेत सन्चालन गर्दै आएकाे आयुर्बेद शाखाले जनाएकाे छ ।
आयुर्वेद शाखाद्वारा बात तथा नसा सम्बन्धि बिरामीको घरमै पुगेर स्वेदन सेवा मार्फत उपचार,प्रभावकारी भएको दावी