कावासोती। भानु युथ एकेडेमी क्लबको आयोजनमा जारी भानु खुल्ला नकआउट फुटबल प्रतियोगितामा हिजो भएको खेलमा सेन्ट्रल कलेज अठ्ठाइस विगाहा र युनाइटेड युवा क्लब गिरुबारी विजयी भएका छन।कावासोती ३ मा रहेको शितल चौरमा हिजो भएको क्वाटरफाइनलका पहिलो खेलमा अठ्ठाइस विगाहले प्रगती कला दलदलेलाइ पेनाल्टी शुट आउटमा ५-३ ले हरायो भने दोस्रो खेलमा आयोजक भानु युथ एकेडेमी ए टिमलाइ ३-० ले हराउदै युनाइटेड युवा क्लब गिरुवारी सेमिफाइनल प्रवेश गर्न सफल भयो।
पहिलो खेलमा उत्कृष्ट प्रदर्शन गर्दै प्रगतिकला दलदलेका नवीन पाटामगर म्यान अफ द म्याच घोषित भएका थिए।प्रतियोगितामा आज क्वाटरफाइनलको अन्तिम खेल केउरानी युवा क्लबका विरुद्दमा हरियाली युवा क्लब भिड्नेछ। त्यसअघि आजनै भुन भेट्रान र वर्ल्ड स्टारका बिचमा रोमाञ्चक प्रतिस्पर्धा हुने समेत क्लबका अध्यक्ष शुक बहादुर गुरुङले जानकारी दिएका छ्न।
भानु कपको हिजोको खेलमा सेन्ट्रल र युनाइटेड विजयी ,आज क्वाटरफाइनलको अन्तिम खेल हुदै