कावासोति ,नवलपुर।कावासोतीमा जारी खुल्ला नकआउट फुटबल प्रतियोगितामा आज भएको भगवती युवा क्लबलाइ १-० गोलले हराउदै केउरेनी युवा फुटबल क्लब बिजयी भएको छ।कावासोती ३ को शितल चौरमा जारी प्रतियोगिताको आजको अत्यन्तै प्रतिस्पर्धात्मक खेलमा भगवती फुटबल क्लबलाई हराउदै केउरेनिले विजयी सुरुवात गरेको हो।
खेलमा बिजयी टिमका खेलाडी अमृत भट्टराईले एकमात्रै निर्णायक गोल गरेका थिए। खेलमा केउरेनी फुटबल क्लबका क्लबका गोल किपर नवीन थनेत म्यान अफ द म्याच घोषणा भएका छन।उनले खेल अबधिवर उत्कृष्ट बचाउ गरेका थिए। प्रतियोगितामा हरेक दिन हुने खेलमा म्यान अफ द म्याचलाइ ट्रफी तथा फाइनल खेलको ट्रफी जापानिज भासा र जापान जानको लागि उत्कृष्ट गन्तव्यको रुपमा परिचित सेन्ट्रल कलेज अफ भोकेसनल ट्रेनिङ सेन्टरले प्रायोजन गरेको छ ।प्रतियोगिता अन्तर्गत भोलि हुने खेल आयोजक भानु युथ क्लब ए टिम र सयपत्री युवा फुटबल क्लब सातघरेका बिचमा ठिक १२ बजे हुने प्रतियोगिता आयोजक क्लब भानु युथ एकेडेमीका अध्यक्ष सुक बहादुर गुरुङले जानकारी दिएका छन।
भानु खुल्ला नकआउट फुटबलको आजको खेलमा केउरेनी फुटबल क्लब विजयी,भोलि आयोजक र सयपत्री बिचमा भिडन्त