खगेन्द्र पराजुली, नवलपुर, पुस २६ । नेकपा एमाले नवलपुरको आठौं अधिबेशन सम्पन्न भएको छ । पुस २३ गतेदेखि कावासोतीमा जारी अधिबेशनले अध्यक्षमा मुक्तिराम पाण्डे चयन गरेको छ । अधिबेशनमा अध्यक्षमण्डलले चयन गरेको जिल्ला कमिटिलाई निर्वाचन मण्डलले बाचन गर्दै सर्वसम्मत रुपमा अधिबेशनले निर्वाचित गरेको जनाएको छ । उपाध्यक्षमा मनवीर थापा चयन भएका छन् । सचिवमा भिमलाल अधिकारी चुनिएका छन् भने २ पद रहेको उपसचिवमा यमुनाथ आचार्य र भिमलाल कंडेल चयन भएका छन् । जिल्ला कमिटिमा मनोनित गर्न मिलने १० प्रतिसत सदस्य संख्या ११ जना पनि आजै मनोनित भएका छन् । यस्तै अन्य पार्टीवाट एमालेमा आएकामध्ये १९ जनालाई जिल्ला कमिटिमा समेट्दै १३५ सदस्यीय जिल्ला कमिटि बनेको छ ।
नेकपा एमाले नवलपुरको अध्यक्षमा पाण्डे सर्वसहमत