इमरान खान – कपिलवस्तु : नेपाली कांग्रेसका पुर्व क्षेत्रीय सभापति एवं महाअधिवेशन प्रतिनिधि रहेका अकिल मियाले भने मुस्लिम कोटाबाट पौडेल समुहबाट चुनाव लडने गरी प्रचारप्रसार अघि बढाउनु भएको छ । सानै उमेरवाट राजनिति सुरु गरेका अकिल मिया अहिले नेपाली कांग्रेसको अति नै चर्चामा रहेका छन । जनता र पार्टीको मन जित्दै काग्रेस पार्टीको यात्रा सुखद नै रहेको छ । अरु भन्दा पार्टीमा बलिया व्यक्तिको रुपमा अकिल मियालाई चिनिन्छन् । पौडेल निकट मानिने मियाले अहिले मुस्लिम तर्फबाट केन्द्रीय सदस्यका उम्मेदवार बन्ने भएका छन् । युवाहरु ढुक ढुकी एवं लोकप्रिय नेताको रुपमा परिचित मियाले कांग्रेसमा युवालाई अवसर दिदैँ पार्टी बलियो बनाउनुपर्ने बताउछन । कपिलवस्तुको कृष्णनगर निवासी अकिल मियालाई नेता तथा कार्यक्रताले आफुलाई अत्याधिक मत सहित विजयी बनाउने विश्वास छ । गुट उपगुट अन्त्य सगै एउटा सिगो कांग्रेस पार्टी निर्माण गर्न आफुले उम्मेदवारी दिएको बताउँदै जिताउन सबै महाअधिवेशन प्रतिनिधिहरु सँग अपिल समेत गरेका छन् । लामो समय देखि कपिलवस्तु लगाएत अन्य जिल्लाका नेता कार्यक्रता सँग राम्रो सम्वन्ध बनाएका मियाले देशमा कांग्रेस एजेण्डाहरु स्थापित गराउँदै आगामि निर्वाचनमा होमिनुपर्ने बताए । प्रभावशालि नेता मियाको उम्मेदवारी हुने भएपछि जिल्ला वासि लगायत नेपाली कांग्रेस पार्टीका कार्यकर्ताहरु उत्साहित भएका छन ।
युवा नेता मियाद्वारा काङ्ग्रेस केन्द्रीय सदस्य पदमा उम्मेदवारी,, जिताउन अपिल