नवलपुर। नेपाली काङ्ग्रेसको गण्डकी प्रदेशको पदाधिकारीहरुको मतदान सकिएको छ। आधिकारिक घोषणा गर्न बाकी भएपनी प्राप्त समाचार अनुसार प्रदेशको एक उपसभापति बाहेक सबै पदाधिकारीहरुमा पौडेल समुहका उमेदवारहरुले बाजि मारेका छन।प्रदेश समितिको उमेदवार हरुमा महत्वका साथ हेरिएको महामन्त्री र सह महामन्त्री पदमा देउवा समुहबाट उमेदवार रहेका मन्त्री कुमार खड्का र काङ्रेस गडकी प्रदेस प्रमुख सचेतक तथा सांसद ओमकला गौतम भने पराजीत भएका छन।महामन्त्री पदका उमेदवार खड्काले ५५६ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी विस्णु लामिछानेले ५६४ मत प्राप्त गर्दै ८ मतान्तरले बिजयी भएका छन।सहमहामन्त्रीमा ओमकला गौतमले ५१४ मत प्राप्त गर्दा कोपिला रानाभाटले ५९२ मत प्राप्त गर्दै ७८ मतले सफलता हात पारेकी हुन।
काङ्रेस गण्डकी प्रदेश अधिवेशन : मन्त्री र दलको प्रमुख सचेतक पराजित