कावासोती ,मंसिर १७ । नवलपुरका युवा नेता गणेश सापकोटाले नेपाली काङ्ग्रेसको गण्डकी प्रदेश अधिवेशनमा सह-महामन्त्रीमा आफ्नो उम्मेद्बारी रहेको घोषणा गरेका छन।हिजो दलभित्रका नेता तथा शुभेच्छुकहरु सितको छलफल पछि आफुले उम्मेद्बारी दिन लागेको उनले बताए।नवलपुर क्षेत्र न १ बाट लोकप्रिय मतसहित तेस्रो नम्बरमा महाधिवेशन प्रतिनिधि विजयी भएका उनले केन्द्रीय सदस्री वा प्रदेश प्रतिनिधि कुनमा उम्मेद्बारी दिने भन्ने अन्योलका विचमा सबै संगको सल्लाहमा प्रदेशको सह- महामन्त्रीमा उम्मेद्बारी दिने निर्णय गरेको जानकारी दिएका छन।१३ औ महाधिवेशनमा बागलुङबाट महाधिवेशन प्रतिनिधि रहेका उनी युवाहरुको साथ र अग्रजहरुको मायाले प्रदेश पदाधिकारीको जिम्मेवारी प्राप्त गर्नेमा निश्चिति रहेको बताउछ्न।पार्टीमा विधि ,पद्धति शुसासनको पक्षमा वकालत गर्दै सानेपामा पटक पटक आमरण अनसन बस्दै आएका उनि देशैभर युवाहरुमाझ अत्यन्तै लोकप्रीय रहेका छन।जिम्मेवारी पाएको खण्डमा युवाहरुलाइ पार्टी प्रती आकर्षक गर्ने,अग्रजहरु सम्मान र उचित व्यवस्थापनमा सहजीकरण गर्ने तथा काङ्ग्रेसलाई विकास निर्माण संग जोडेर युवा उद्दमशिलतालाइ प्राथमिकतामा राखेर कार्य गर्ने बताउने सापकोटाले पौडेल समुहबाट उम्मेद्बारी दिन लागेका हुन।
काङ्ग्रेस गण्डकी प्रदेश सह-महामन्त्रीमा युवा नेता सापकोटाको उम्मेद्बारी