नारायण प्रभु मंसिर - १ कावासोती कावासोती ६ मा रहेको बिष्णुनगर युवा क्लबको पहलमा बिष्णुनगर चौतारी को ३०० मिटर आसपासमा आजदेखी फ्री वाइफाई सन्चालन गरिएको छ। समयको माग अनुसार प्रबिधिमैत्री भएर सामाजिक सन्जालहरुको सदुपयोग गरी देशबिदेशका खबर तथा अन्य सेवा सुबिधा प्रयोग गर्न हरेक वर्ग हरेक समुदाय र हरेक उमेर समुहले पनि नि:शुल्क ईन्टरनेट सेवा प्रयोग गर्न सकुन भन्ने मनसायले क्लबले आजदेखी फ्री वाइफाइ सन्चालनमा ल्याएको क्लबका अध्यक्ष पवन भुर्तेलले बताएका छन। नि: शुल्क ईन्टरनेट सुबिधा प्रदान गर्न ५ वर्षका लागि वर्ल्डर्लिंक ईन्टरनेट कम्पनीसँगको सहकार्यमा क्लबले अग्रिम सम्झौता गरेको छ। कावासोती ६ मा पहिलोपटक संचालन गरिएको यो सुबिधा बिस्तारै वडाका सबै क्षेत्रमा सन्चालन गरिने भुर्तेलको भनाइ रहेको छ।
बिष्णुनगर युवा क्लबको नमुना कार्य: फ्री वाइफाइ संचालनमा