नवलपुर-पोखरा सम्पर्क समाजको अध्यक्षमा ईश्वर श्रेष्ठ चयन भएका छन् । नवलपुर घर भइ हाल पोखरा बसोवास गरिरहेकाहरूको हालै सम्पन्न भेलाले श्रेष्ठको अध्यक्षतामा कार्यसमिति गठन गरेको हो । समाजको उपाध्यक्षमा मीन बहादुर भण्डारी र मणि डुम्रे, सचिवमा श्रीकृष्ण श्रेष्ठ, सहसचिवमा शिवप्रसाद न्यौपाने र कोषाध्यक्षमा तारा प्रसाद श्रेष्ठ छन् । यसैगरी कार्यसमिति सदस्यमा मुना चापागाइँ, अस्मित न्यौपाने, सागर बिष्ट, पू्र्णकला रिजाल र बालकृष्ण श्रेष्ठ छन् ।
इश्वर श्रेष्ठको नेतृत्वमा नवलपुर-पोखरा सम्पर्क समाज गठन