१७ भदौ, नवलपुर । तेस्रो खेलमा जित हात पारेपछि इंग्ल्याण्ड र पाकिस्तान बिचको तीन खेलको सिरिज १-१ को बराबरीमा सकिएको छ ।तेस्रो तथा अन्तिम टि ट्वान्टीमा उत्कृष्ट प्रदर्सन गर्दै पाकिस्तानले ५ रनले जितेको हो।शृङ्खला अन्तर्गतको पहिलो खेल वर्षाले अवरुद्ध पारेको थियो भने दोश्रो खेल इङलिस टिमले आफ्नो पोल्टामा पारेको थियो।
इंग्ल्याण्डको म्यान्चेस्टरमा सप्पन्न तेस्रो खेलमा पहिलो व्याटिङ गरेको पाकिस्तानले मोहम्मद हफिजले अविजित ८६ रन र पहिलो अन्तर्राष्ट्रिय टि- ट्वान्टी म्याच खेलिरहेका हैदर अलिले ५४ रनको मदतले सम्मानजनक १९० रन जोडेको थियो।१९१ रनको विजय लक्ष लिएर मैदानमा उत्रेको इंग्ल्याण्डले २० ओभरमा ८ विकेटको क्षतिमा मात्रै १८५ रन जोडेपछी पाकिस्तान विजयी भएको हो। इंग्ल्याण्डको लागि मोइन अलिले आक्रामक व्याटिङ गर्दै ६१ रन बनाए पनि जितको लागि त्यो प्रयाप्त हुन सकेन।इंग्ल्याण्डका लागि क्रिस जोर्डनले २ र मोइन अलीले १ विकेट लिए । पाकिस्तानका लागि साहिन साह अफ्रीदी र वाहब रियाजले २-२ विकेट तथा इमाद वसिम र हरिस राउफले १-१ विकेट लिएका थिए।
तेस्रो खेलमा पाकिस्तान ५ रनले विजयी ,सिरिज १-१ को बराबरीमा