उत्तम कुमार थापा, बझाङ्ग। सिमखेतमा सडक भासिदा आवतजावतमा समस्या भएको छ । जिल्लाको सदरमुकाम चैनपुर नजिकै रहेको सिमखेतमा सडक भासिएको छ । विगत २ । ३ दिन अगाडी आएको अविरल बर्षाले सडकमा पानी परेपछी भासिएको स्थानीय राजु जार्गीले बताए । सदरमुकाम चैनपुर देखी सिमखेत हुदै,तलमाथी गर्नमा निकै कठीन भएको पाईन्छ । सिमखेतको डाफे रिर्सोट नजिकै सडक भासिए पछि बजार आउँने र बजार बाट बाहीर जाने ठुला सवारी साधनहरु वरिपारी लाईनबद्ध भएको देख्न पाईन्छ । हिजो मात्र सडक भासिएको हो । यसरी सडक भासिदा सदरमुकाममै रहेको जयपृथ्वी नगरपालीका भन,े मुखदर्शक भएको छ । प्रहरीको टोली सडकमा गएको पाईनछ । यस विषयमा प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण गराउँदा ग्वाललेक निर्माण सेवालाई हिजो मात्र सम्पर्कमा ल्याएको आज १० बजे पछि काम सुरु गर्छु भनेर काम सुरु गरेको आफुले यस विषयमा निरन्तर दवाव दिएको उहाँहो भनाई छ । यता जयपृथ्वी नगरपालीका त्यसै सडक हुदै कार्यालय जानुपर्छ तर उहाँ भने कानमा तेलहालेर कसेका देखिन्छन । ग्वालले निर्माण सेवाका ईन्जिनीयर विशा ज्ञावलीका अनुसार काम सुरु भई सकेको माटो फिलिङ्ग गर्दै सडक सञ्चालनमा चाडै आउँने उहाँको भनाई छ ।
सिमखेतमा सडक भासिदा आवत-जावतमा समस्या