कृष्ण पौडेल ,सुनवल । नेपाली कांग्रेस सुनवल नगरपालिका वडा नं १३ बडेराले केन्द्रीय तरुणदल मा नियुक्ति भएका लक्षमण पाण्डे बसन्त गुरुङ र सुरज प्रताप राणा लाई भव्य सम्मान गरेको छ । यस्तै नेपाली कांग्रेस सुनवल १३ बडेराले अध्यक्ष रिक्त पदमा काशीराम कुर्मीलाई नियुक्त गरेको छ । नेपाली कांग्रेसको चौधौ महाधिवेशनमा सुनवल नगरपालिका वडा नं १३ बडेरा बाट वडाको सभापतिमा शोभाखर पाण्डेलाई नै अगाडि सार्ने औपचारिक निर्णय गरेको छ। यस्तै बैठकमा बोल्ने क्रियाशिल सदस्यहरुले अब आउने चुनावमा नेपाली कांग्रेसले वडामा जित्ने गरी रणनीति बनाउनको लागि सुझाव दिएका थिए। सोभाकर पाण्डेको सभापतित्वमा बसेको बैठकको संचालन नमकान्त बस्यालले गर्नुभएको थियो ।
नेपाली काङ्ग्रेस सुनवल-१३बडेराद्वारा तरुण विभागमा मनोनीत ३ जना सम्मानित