स्याङ्जा, २४ असार । स्याङ्जा, भिरकोट नगरपालिकामा तास खेलिरहेको अवस्थामा १२ जना पक्राउ परेका छन् । भिरकोट नगरपालिका २ ठाडो लाईनस्थित खेम बहादुर श्रेष्ठको बिवेक होटलबाट तास खेलिरहेको अवस्थामा श्रेष्ठ लगायत १२ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका व्यक्तिहरुको साथबाट नगद १ लाख ७६ हजार ४ सय १५ रुपैयाँ फेला परेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता एवम् सूचना अधिकारी प्रहरी नायव उपरीक्षक राजेन्द्र प्रसाद अधिकारीले जानकारी दिनुभयो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ
स्याङ्जामा तास खेलिरहेका १२ जना पक्राउ