एजेन्सी । ग्रीजम्यानले खेलको ६६ औ मिनेटमा एक गोल फर्काएपछी फ्रान्स युरोकपको दोस्रो खेलमा हारबाट जोगिएको छ।हङ्गेरीका बिरुद्धमा केही बेर अघि सम्पन्न खेलमा फ्रान्सले १-१ को बराबरी खेलेको हो।खेल अबधिबर बललाइ नियन्त्रणमा राख्न सफल भएपनी अवसरको सदुपयोग गर्न नसक्दा फ्रान्स बराबरिमा रोकिएको हो।हङ्गेरिले पहिलो हाफको इन्जुरी समयमा एक गोल गर्दै अग्रता लिएको थियो।हङ्गेरिका लागि ४७ औ मिनेटमा अटिला फिओलाले गोल गरेका थिए तर दोस्रो हाफमा ग्रीजम्यानले गोल गरेपछी खेल बराबरिमा टुङ्गीएको हो।
युरो कप: ग्रीजम्यानको गोलले हारबाट जोगियो फ्रान्स