एजेन्सी । भारतका चर्चित अभिनेता दिलिप कुमारलाई आइतबार बिहान अस्पताल भर्ना गरिएको छ । कुमारलाई मुम्बईस्थित एक अस्पताल भर्ना गरिएको भारतीय समाचार माध्यमले जनाएका छन् । मुम्बईको हिन्दुजा अस्पतालमा भर्ना भएका कुमारको वरिष्ठ चिकित्सकको एक समूहले उपचार गरिरहेका छन् । उनलाई अस्पताल भर्ना गर्नुको कारणबारे केही खुलाइएको छैन । ९८ वर्षीय कुमारलाई गत महिना समेत नियमित स्वास्थ्य परीक्षणका लागि अस्पताल भर्ना गरिएको थियो ।
बलिवुडका चर्चित अभिनेता दिलिप कुमार हस्पिटल भर्ना