कोरोना महामारिको बर्तमान समयमा रगत अभावको समचारहरु बाहिर आइरहेको छन।केही समय अगाडी नेपाल रेडक्रस सोसाइटी कावासोती शाखाले पनि रक्तदानको लागि अपिल गरेको थियो।
रगत अभाव भएको जानकारी प्राप्त गरेपछी कावासोती ३ मा केही समय अगाडी स्थापना भएको भानु युथ एकेडेमीका युवाहरुले एक आपसमा सल्लाह गरेर कावासोतिमा रहेको ब्लड बैंकमा रक्तदान गर्ने निर्णय गरे।भानु युथ एकेडेमीका अध्यक्ष सुक बहादुर गुरुङको नेतृत्वमा कावासोती ३ का वडाध्यक्षले समन्वय गरेर आज ७ जना युवाहरुले रक्तदान गरेको रेडक्रस कावासोती शाखा सभापति बेद प्रसाद न्यौपानेले जानकारी दिएका छन।
क्लबको अध्यक्ष सुक बहादुर गुरुङ सहित पुगेका क्लबका सदस्यहर नवीन गुरुङ्ग,जित बहादुर तामाङ्ग,सोम प्रकाश बिक,सुरज सापकोटा,पूर्बहादुर थापा,प्रदीप खत्री,शिव खड्काले रगत दान गरेका हुन।पछिल्लो समय क्लबले विभिन्न सामाजिक गतिविधि अगाडि बढाइरहेको छ।अगिल्लो हप्ता मात्रै सरसफाइ कार्यक्रम सप्पन्न गरेको क्लबले खेलकुद प्रतियोगिता समेत संचालन गरेको थियो।
महामारीमा सत्कर्म: भानु युथ एकेडेमिका युवाहरुले गरे रक्तदान