[आज मिति २०७७ साल भाद्र १६ गते मंगलबार । तदनुसार सेप्टेम्बर १ तारीख । नेपाल संवत ११४०]
मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) : रोकिएको काम बनाउन सकिने छ । दिगो योजनाका साथ अघि बढ्दा बिस्तारै लाभ मिल्नेछ । आज अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला । घरायसी वातावरणमा केही असामान्यता देखिन सक्छ । यात्रामा सावधानी अपनाउनु पर्नेछ । अरूको व्यवहारले शंका उब्जाए पनि शुभचिन्तकहरूको साथ प्राप्त हुनेछ । कृषि तथा पशुपालनबाट प्रशस्त फाइदा मिल्नेछ ।
वृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) : आर्थिक क्षेत्रमा राम्रो सफलता मिल्ला । अवसरले पछ्याए पनि चुनौतीहरूसँग जुध्नुपर्नेछ । आज धार्मिक कार्य सफल रहनेछन । प्रगतिमा ईर्ष्या गर्नेहरूले दुस्ख दिनेछन् । विशिष्ट व्यक्तिलाई प्रभावित तुल्याएर काम बनाउन सकिनेछ । साथीभाइसँग सन्तुलित व्यवहार गर्नुपर्ला । लगनशीलताले मात्र लक्ष्यमा पुर्याउनेछ ।
मिथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह) : आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काममा सम्झौता गर्ने समय छ । आज नयाँ कर्यको योजना थालनी हुनेछ । सामाजिक कार्यमा सफलता मिल्नेछ । सम्पादित कामबाट धन लाभ हुनेछ । अध्ययनमा प्रगति हुनेछ । सहयोगीहरूको राम्रो साथपनि मिल्नेछ । पहिलेका कमजोरीलाई सुधार्ने मौका छ ।
कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) : व्यापारमा मनग्य फाइदा हुनेछ । सम्मान र प्रतिष्ठा प्राप्त हुनसक्छ । काममा विशेष अवसर प्राप्त हुनेछ। पहिलेको सफलताले पनि हौसला जगाउनेछ । मान्यजनको सहयोग प्राप्त हुनेछ । स्वादिष्ट भोजनपनि पाईनेछ । परोपकारका क्षेत्रमा लगानीको समय छ । लक्ष्यअनुसार समयमै काम सम्पादन गर्न सकिनेछ । अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ।
सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) : प्रतिस्पर्धीहरूको कमजोरीबाट लाभ उठाउने मौका पाइनेछ । आज मनमा देखिने अस्थिरता अधैर्यताका कारण निर्णायक क्षमतामा कमी आउनेछ । काममा हस्तक्षेप गर्नेहरू कमजोर हुनेछन् । तर्क, विवाद र प्रतिस्पर्धाबाट लाभ हुने छैन । बेलैमा होस नपुग्नाले फाइदा गुम्न सक्छ ।
कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) : पछिसम्म लाभ हुने काम प्रारम्भ हुन सक्छ । साझेदारीमा पनि फाइदै हुनेछ । आज नयाँ कामका विभिन्न अवसर फेला पर्ने छन् । श्रमको उचित मुल्याङन हुनेछ । पार्टनरसिपमा गरिएको कारोबारले राम्रै फाइदा दिनेछ । मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ। चिताएका काम रोकिन सक्छ ।
तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते) : पेसा-व्यवसायमा उपलब्धिको स्रोत प्राप्त हुनेछ । अरूका विषयमा चासो लिँदा व्यर्थैमा झमेला बेहोर्नुपर्ला । आज समाज र राज्यबाट मान सम्मान पाइनेछ । दाम्पत्य जीवनमा मधुरता छाउनेछ । ढिलै भए पनि अधुरा काम सम्पन्न हुनसक्छ । तत्काल फाइदा नहुने काममा जुट्नुपर्ला । परिबन्धले चुनौती निम्त्याउन सक्छ ।
वृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु) : नयाँ कामको अवसर पनि प्राप्त हुनेछ । समाजसेवा, धर्मकर्म र परोपकारी काममा प्रवृत्त भइनेछ । आफ्नो प्रयासबाट दीर्घकालिक फाइदा पुग्न सक्छ, त्यसैले आफ्नो विचार र योजनालाई रचनात्मक रूप प्रदान गर्ने प्रयास गर्दा राम्रो हुनेछ । सामाजिक जिम्मेवारी पनि बढ्नेछ ।
धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) : चुनौतीपूर्ण कामको जिम्मेवारी वहन गर्नुपर्ला । खर्च बढ्नुका साथै अर्थ अभाव महसुस हुनेछ । आज परिवारभित्रका झिनामसिना काममा धेरै समय खर्चनु पर्नेछ । सहयोगी र नातागोताको साथ नमिल्ला । सामान हराउनपनि सक्छ । आक्षेप लगाउनेहरू सक्रिय हुनेछन् भने सहयोग गर्नेहरू कमै भेटिनेछन् । उपचारमा खर्च हुने समय छ ।
मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) : भौतिक साधन जुट्नाले दिगो योजना प्रारम्भ हुनेछ । आज कार्य सम्पादनमा सहजता मिल्नेछ । आत्मविश्वासपनि जाग्नेछ, तर व्यापारबाट भने सोचेजस्तो लाभ नमिल्न सक्छ । पहिलेका कमजोरी सुधार्दै जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ । मिहिनेतले नाम, दाम र इनाम दिलाउनेछ । बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ ।
कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द) : मिहिनेतले नियमित काम बन्नेछन् र सामान्य फाइदा पनि हुनेछ । ठीक समयमा सही निर्णय लिन सकिनेछ । स्व अध्ययन अध्यापनमा सफता मिल्नेछ । टाढा रहेका साथीभाइहरूसँग प्रविधि मार्फत भेटघाट हुनेछ ।प्रतिस्पर्धी बढ्नाले केही चुनौतीहरू देखिनेछन् । काममा बाधा पुर्याउनेहरू प्रशस्तै हुनेछन् ।
मीन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) : लगनशीलताले अप्ठ्यारा परिस्थितिलाई समेत सहज बनाउन सकिनेछ । आज राजनैतिक क्षेत्रका व्यक्तिले सफलता र प्रशंसा पाउनेछन् । बोलीको प्रभाव पनि बढ्नेछ नयाँ कमको थालनीपनि हुनेछ । बुद्धिको उपयोगले चिताएको योजना कार्यान्वयनमा आउनेछ । गुरुजनको सुझाव र सन्तानको सहयोग लाभदायी बन्नेछ ।