रुपन्देही । रुपन्देहीको बुटवल स्थित कोरोना विशेष अस्पतालमा उपचाररत ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । २४ घण्टाको अवधिमा रुपन्देहीका ३ र अन्य जिल्लाका तीन जनाको मृत्यु भएको हो । लुम्बिनी प्रादेशिक अस्पताल बाट सन्चालित कोरोना विशेष अस्थायी अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमका अनुसार कपिलवस्तुको शिवराज नगरपालिका–७ निवासी ४३ वर्षीय पुरुषको आज विहान ९ः५० बजे मृत्यु भएको छ । अर्घाखाँचीको धातिवाङ–८ निवासी ७५ वर्षीय पुरुषको आज विहान २ बजेर १८ मिनेमा मृत्यु भएको छ । यसैगरी बुटवल–४ निवासी ८४ वर्षीय पुरुषको आज विहान १ः२४ मा े र बुटवल–९ का ६१ वर्षीय पुरुषको गएराति साढे आठ बजे मृत्यु भएको हो ।
बुटवल–११ रुपन्देहीकै ६५ वर्षीय पुरुषको हिजो ३ः५० बजे मृत्यु भएको थियो । सल्यानको शारदा–११ निवासी ४३ वर्षीय पुरुषको आज विहान ६ः५८ मा मृत्यु भएको छ । यस्तै बाँकेमा कोरोना सङ्क्रमणबाट थप ८ जनाको मृत्यु भएको छ । जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र बाँकेका अनुसार कोरोना सङ्क्रमण बाट खजुरा–७ की ३२ वर्षीया महिला, खजुरा–२ का ३२ वर्षीय पुरुष, नेपालगञ्ज–१ का ६६ वर्षीय पुरुष, ३ का ५१ वर्षीय पुरुष, बर्दिया बढैयाताल–८ का ४७ वर्षीय पुरुषको भेरी अस्पतालमा गयराति मृत्यु भएको हो ।
यस्तै बाँकेको कोहलपुर–१५ का ६० वर्षीय पुरुष, बैजनाथकी ६० वर्षीया महिलाको शिक्षण अस्पताल कोहलपुरमा र नेपालगञ्ज–५ का ४८ वर्षीय पुरुषको शिक्षण अस्पताल नेपालगञ्जमा मृत्यु भएको हो । यस्तै कोरोना भाइरसको संक्रमण बाट बझाङमा दुई जना महिलाको मृत्यु भएको छ । जय पृथ्वी नगरपालिका–३ की ५५ वर्षीया महिला र तल्कोट गाँउपालिका–१ की ४० वर्षीया महिलाको मृत्यु भएको हो ।