पुष्कर खड्का
१९ बैशाख, रामेछाप । रामेछाप जिल्लाभित्र कोरोना संक्रमितको संख्या दिनप्रतिदिन बढदै गएको छ । कोरोना संक्रमण नियन्त्रण र रोकथामको लागि रामेछाप जिल्लामा पनि मानव अधिकार संरक्षण सञ्जाल रामेछापले तत्काल निषेधाज्ञा जारी गरेर कोरोना सङक्रमणको चेनलाई ब्रेक गर्न माग गरेको छ । सञ्जालले आइतबार एक प्रेस विज्ञप्ती जारी गर्दै यस्तो माग गरेको हो ।
जिल्लामा दोस्रो लहर अन्तर्गत एक साताको अवधिमा मात्र ४१ ज्ना संक्रमित भइसकेका छन् । सञ्जालका संयोजक पाण्डव प्रसाइले जारी गर्नुभएको विज्ञप्तीमा केहि दिनदेखि जिल्लामा कोरोनाको सङ्क्रमण अप्रत्याशित रुपमा बढ्दै गएकाले सरोकारवाला निकायसँग मन्थली लगायतका बजार केन्द्रमा १० देखि १४ दिनसम्म निषेधाज्ञा जारी गरी कोरोना सङ्क्रमणको चेनलाई ब्रेक गर्न माग गरेका छन् ।
संक्रमितको अवस्थालाई हेर्दा रामेछापमा कोभिड समुदायमा फैलिइसकेको उल्लेख गर्दै उनले यस चेनलाई समयमै तोड्न नसके रोग भयावह रुपमा फैलिन सक्ने निश्चित भएकोप्रति चिन्ता व्यक्त गरेका छन् । प्रत्येक स्थानीय तहका कोभिड अस्पतालमा पर्याप्त अक्सिजनसहितको उपचार सामाग्री, औषधी तथा जनशक्तिको व्यवस्थापन गर्न र पूर्वाधार सहितका सामुदायिक क्वारेन्टाइन र आइसोलेसन केन्द्रको स्थापना गर्न, थप एम्बुलेन्स र शव वाहनलाई तयारी अवस्थामा राख्न सम्बन्धीत पक्षको सञ्जालले ध्यानकर्षण गराएको छ ।
यस्तै, मानिसको भिडभाड हुने खालका गतिविधि पूणर् रुपमा रोक्नुपर्ने, स्वास्थ्यकर्मीको स्वास्थ्य सुरक्षाको उचित व्यवस्था गर्नुपर्ने, सञ्चारकर्मी तथा पत्रकारको सुरक्षाको व्यवस्था गर्नुपर्ने लगायतका १८ बुँदे मागसहितको प्रेस विज्ञप्ती निकालेर सञ्जालले सरोकारवालाको ध्यानकर्षण गराएको छ ।
यस्तो छ सञ्जालको १८ बुँदे माग:
