१९ बैशाख, बाँके । नेपालमा तीब्र रुपमा कोरोना भाइरस संक्रमणको महामारी फैलिदैजाँदा सीसीएमसीले सिफारिस गरेको थप प्रतिबन्ध बारे आवश्यक छलफल गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । उनले अपराह्न ४ बजे बालुवाटारमा बैठक बोलाएको स्रोतले जनाएको छ ।
शुक्रबारको सीसीएमसीको बसेको बैठकले आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान बन्द गर्न लगायत सीमा नाका बन्द र आवश्यक कडाइ बारे महत्वपूर्ण निर्णय गरेको थियो ।