काठमाडौँ -नेपाली कांग्रेस केन्द्रीय कार्य समितिको बैठक आज दिउँसो २ बजे पार्टी कार्यालय सानेपामा बस्ने भएको छ ।
आज बस्ने बैठकमा पार्टीको १४औँ महाधिवेशनको तयारी र मुलुकको समसामयिक राजनीतिक विषयमा छलफल हुने छ । यसअघि वैशाख १३ गते बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरुको कोरोनाको पिसिआर परीक्षणका कारण स्थगित भएको थियो ।
पीसीआर परीक्षण गर्दा केही सदस्य लाई कोरोनाको रिपोर्ट पोजेटिभ आएको बताइएको छ । कांग्रेसले पार्टीको १४औँ महाधिवेशन आगामी भदौ ७ देखि १० गतेसम्म काठमाडौँमा गर्ने कार्यतालिका निर्धारण गरेको छ ।