दाङ – दाङमा मोटरसाइकल र ट्याक्सी एकआपसमा ठोक्किँदा एक बालकको मृत्यु भएको छ ।
दुर्घटनामा दुई जना घाइते भएका छन् । बबई गाउँपालिका ६ पञ्चकुलेमा रा ५ प ५६०४ नम्बरको मोटरसाइकल र भे १ ज १००२ नम्बरको ट्याक्सी ठोक्किँदा मोटरसाइकलमा रहेका बबई गाउँपालिका ६ मोतिपुरका ८ वर्षका स्पर्श आचार्यको मृत्यु भएको हो ।
आचार्यका बुवा ३९ वर्षका सुदीप आचार्य र आमा २८ वर्षकी पार्वती आचार्य घाइते भएका प्रहरीले जनाएको छ ।