काठमाण्डौ – नेकपा एमालेको केन्द्रीय कमिटी बैठक बस्दैछ । अध्यक्ष ओलीले महाधिवेशन आयोजक कमिटीको बैठक बोलाउनुभएको हो ।
दिउँसो १ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा अध्यक्ष ओलीको साङ्गठनिक प्रतिवेदन पेस गर्ने र कर्णाली प्रदेशमा भएको घटना र फ्लोर क्रस गर्ने सांसद माथिको कारबाहीका बारेमा छलफल हुनेछ। बैठकमा केही जिल्लाहरुमा नेताको कार्य विभाजन हेरफेर तथा जिम्मेवारी तोकिने बारेमा पनि छलफल हुने बताइएको छ ।
बैठकमा खनाल–नेपाल समूह भने नजाने भएको छ । महाधिवेशन आयोजक कमिटी गठनमा असन्तुष्टि जनाउँदै आएको खनाल–नेपाल समूहले बैठकमा नजाने बताएको हो ।