काठमाण्डौ – काठमाडौंको शिवपुरी जङ्गलमा भएको आगलागी नियन्त्रणमा लिन हेलिकोप्टरबाट पानी हालिएको छ । आइतबार बिहान करिब १० बजेदेखि शुरु भएको आगलागी फैलिँदै गएपछि हेलिकोप्टरको सहायता लिइएको हो ।
हेलिकप्टरले पानी खसाले पनि डढेलो पूर्ण नियन्त्रणमा आउन सकेको छैन । डढेलो अहिले धेरै ठाउँमा फैलिइसकेको छ ।
आगो नियन्त्रणमा लिन नेपाल आर्मी, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयले प्रयास गरिरहेका छन् ।