[आज मिति २०७७ साल भाद्र १४ गते आइतबार । तदनुसार अगष्ट ३० तारीख । नेपाल संवत ११४०]
मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) : परिश्रमले धेरैको मन जित्न सकिनेछ। दिउँसोदेखि दिगो फाइदा हुने जिम्मेवारी प्राप्त हुनेछ। आज जोश जाँगर र हिम्मत वढ्नेछ । सामाजिक जिम्मेवारी प्राप्त हुनेछ । नयाँ काम वा रोजगार पाईनेछ । राजनैतिक कार्यमा सफलता मिल्ला । शुभकार्यको चर्चा चल्नेछ । तारिफयोग्य कामले धेरैको उपकार गर्न सकिनेछ।
वृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) : सानोतिनो समस्याले अल्झाउनेछ । आज कार्यमा सम्पादनमा समस्या आउला । पारिवारिक उल्झनमापरि काम विग्रिएला । दिउँसोदेखि काम देखाएर प्रभाव जमाउन सकिनेछ। सरकारी निकाएको भयपनि रहनेछ । अरूका लागि समय खर्चनुपर्ला । परिस्थिति अलि बिग्रन सक्छ। स्वास्थ्य पनि प्रतिकूल रहनेछ ।
मिथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह) : व्यापार-व्यवसायमा आम्दानी बढ्नेछ । आज धार्मिक र सामाजिक कार्यमा रुचि बढ्नेछ । वित्तिय संस्थाबाट सहयोग पाईनेछ । दिउँसोदेखि काम बिग्रने भयले सताउनेछ । प्रेम र मित्रताको बन्धन कसिने बेला छ । स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला । मिहिनेतको प्रतिफल अरूले हत्याउने चेष्टा गर्नेछन् ।
कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) : स्रोतसाधन जुट्नले दिगो काम बन्नेछ । बुद्धि, बिबेकले परिस्थिति अनुकूल बनाउन सकिनेछ । आज चिताएको कामले तीव्रता लिनेछ । व्यापार,व्यवसायबाट फाइदा लिन सकिनेछ । महिला मित्रबाट विशेष सहयोग मिल्नेछ । आयआर्जनका नयाँ स्रोत समेत फेला पर्नेछन् । मध्याह्नपछि व्यापार बढ्नुका साथै व्यवसायमा लाभ हुनेछ ।
सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) : महत्वपुर्ण काममा जग बसाउने मौका जुट्नेछ । आजबाट आयआर्जनका क्षेत्रमा सुधार विस्तारै आउनेछ । बुद्धिको उपयोग गर्दा जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्नेछ । मिहिनेत गर्दा अध्ययनमा प्रगति हुनेछ। गुरुजनको सुझाव र सन्तानको सहयोग लाभदायी बन्नेछ । दिउँसोदेखि भौतिक साधन जुट्नाले दिगो काम प्रारम्भ हुनेछ । लगनशीलताले लक्ष्यमा पुर्याउनेछ । साहसी काम गरेर लाभ उठाउन सकिनेछ । प्रतिपक्षीहरू समेत सहयोगी बन्नेछन् ।
कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) : भूमि तथा पशुधनबाट मनग्य फाइदा मिल्ने छ । रोकिएका व्यापार व्ययबसाय विस्तारै सुचारु हुन सक्छ । हतारमा निर्णय लिने बानीले अप्ठ्यारो पार्ने हुँदा सजग रहनुहोला । प्रक्रिया नमिल्नाले काम दोहोर्याउनुपर्ने हुन सक्छ । टाढिएका आफन्त नजिकिनेछन् । मध्याह्नदेखि स्वास्थ्य कमजोर रहने हुँदा आहारविहारमा ध्यान पुर्याउनुहोला ।
तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते) : अरूका लागि श्रम तथा बुद्धि खर्चनुपर्ला । मानसिक चिन्त बढेपनि कार्यक्षेत्रमा प्रगति हुनेछ । अरुलाई प्रभावित पारेर काम बन्नेछ । कला र गलाको प्रभाव बढ्नेछ । उपलब्धि हातपार्न धेरै श्रम गर्नुपर्ला। काममा आफ्नो श्रम परे पनि प्रतिफलमाथि अरूले राज गर्नेछन् । पहिले दिएको वचनले अप्ठ्यारो पार्न सक्छ । आफन्तहरू टाढिन सक्छन् । साथीभाइसँग सन्तुलित व्यवहार गर्नुहोला ।
वृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु) : रोकिएका काम बन्नेछन् । बुद्धिको उपयोगले दिगो फाइदा हुने जिम्मेवारी प्राप्त हुनेछ । फाइदा उठाउन सकिनेछ। धर्म, कर्म, तथा समाजसेवामा मन लाग्नेछ । अरुको मन जित्न सकिनेछ । शुभकार्यको योजना हुनेछ । साँझमा पैसा खर्च बढ्नेछ । अध्ययन र व्यापारमा सामान्य प्रगति हुनेछ । आफ्ना कमजोरीमाथि टिप्पणी हुने समय रहेकाले सजग रहनुहोला । दिउँसोदेखि स्थितिमा सुधार आउनेछ ।
धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) : धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । अनायासै प्राप्त हुने आकर्षक उपहारले मनमा उत्साह जगाउनेछ । आज आफ्नो क्षेत्रमा प्रभूत्त्व जमाउन सकिएला । दाम्पत्य जीवन सुखमय नै रहनेछ । सोख र हडबडीले केही समस्या निम्त्याउन सक्छ । पारिवारिक जमघटका बीच स्वादिष्ट खानपानको अवसर प्राप्त हुनेछ । दिउँसोदेखि परिस्थिति केही कमजोर बन्न सक्छ । विवादास्पद कामको जिम्मेवारी आउनेछ भने खर्च पनि बढ्ने सम्भावना छ ।
मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) : नयाँ योजना थाल्ने समय आएको छ । आजको श्रमबाट पछिलाई फाइदा हुनेछ । दिउँसो तिर पारिवारिक भेटघाटले खुसियाली छाउनेछ । स्वास्थप्रति सजक रहनुहोला अन्यथा धन खर्च हुनेछ । शरीर भारि र मन अस्थिर रहने संकेत देखिन्छ । मनमा चञ्चलता बढ्नेछ । खर्च लागे पनि प्रयत्न गर्दा काममा सकारात्मक संकेत प्राप्त हुनेछ । पछिका लागि केही वस्तु त्याग्नुपर्ने हुन सक्छ । मिहिनेतीहरूका लागि दिन फलदायी रहनेछ ।
कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द) : व्यापारमा राम्रै फड्को मार्न सकिनेछ । मंगल कार्यको योजना बन्नेछ । कृषि कार्यमा सहभागी भईएला । नयाँ रोजगारको अवसरले पछ्याउनेछ । स्वादिष्ट खानेकुरापनि मिलनेछ । मिहिनेत गर्दा आम्दानीका स्रोत फेला पर्नेछन् । आवश्यक भौतिक साधन सजिलै जुट्नेछन् । आम्दानी बढ्नाले उत्साह जाग्नेछ । श्रमको उचित मूल्य पाइनेछ । दिउँसोदेखि खर्च बढ्नाले अर्थ अभाव देखा पर्न सक्छ ।
मीन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) : पहिलेका कामबाट पनि प्रशस्त लाभ हुनेछ । आज शुभकार्यको चर्चा चल्नेछ । अवसरले पछ्याउनेछन् भने दिगो फाइदा हुने काममा जग बसाउने मौका छ । अनुहारमा कान्ति र मनमा शान्ति छाउला । सफलता र उपहार पाइने सम्भावनापनि छ । विवादास्पद काममा हात हाल्नुपरे पनि प्रयत्न गर्दा बिस्तारै लक्ष्यमा पुग्न सकिनेछ । मिहिनेतले नाम, दाम र इनाम दिलाउन सक्छ । दिउँसोदेखि आम्दानीका नयाँ स्रोत फेला पर्नेछन् ।