काठमाण्डौ -नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले तीन दलको बैठक बोलाउनुभको छ ।
नयाँ सरकार गठनका विषयमा छलफल गर्न देउवाले कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी जसपाको बैठक बोलाउनुभएको हो । पार्टी केन्द्रीय कार्य समितिले नयाँ सरकार गठनका लागि पहल गर्ने निर्णय गरेको एक सातापछि देउवाले आज दिउँसो ३ बजे देउवा निवास बुढानिलकण्ठमा बैठक बोलाएको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जनाकारी दिनुभयो ।
देउवाको पछिल्लो कदमले सत्ता समीकरणको चलखेलमा नयाँ दृश्य देखिने संकेत गरेको छ। सत्ता समीकरणबारे छलफल गर्न सबै विपक्षीको संयुक्त बैठक हुन लागेको यो पहिलो पटक हो।