उमेश बि.क / नवलपरासी ,१३ भदौ । पश्चिम नवलपरासीकाे प्रतापपुर गाउँपालिका र पाल्हिनन्दन गाउँपालिका गरी १८ जना कोरोना संक्रमित शनिबार थपिएका छन् । पाल्हीनन्दन गाउँपालिकामा १४ र प्रतापपुर गाउँपालिकामा ४ जनामा कोरोना पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय पश्चिम नवलपरासीले जनाएको छ । प्रतापपुर गाउँपालिकाको वडा नं ४ मा ६५ वर्षीय वृद्ध, वडा नं ५ मा २२ र २४, वर्षीय पुरुष र वडा नं ७ मा ६८ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय पश्चिम नवलपरासीले जनाएको छ । त्यस्तै पाल्हीनन्दन गाउँपालिका वडा नम्बर १ मा २३, २४, ३०, ३५, ४२, ४५, ४७, ४८, ५८ वर्षीय गरि ९ जना पुरुष, २२ र ३० वर्षीय गरि दुई जना महिलामा कोरोना पुष्टि भएको हो । यस्तै वडा नम्बर २ मा २५, २९ र ३९ वर्षीय पुरुषमा पुष्टि भएको छ भने वडा नं ३ मा ४७ वर्षीय एक महिलामा कोरोना पुष्टि भएको हो । कोरोना संक्रमित हुनेमा एक जना शसस्त्र प्रहरी बलका रहेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख गौरव ढकालले बताउनुभयो । योसँगै पाल्हीनन्दनमा मात्रै संक्रमितको संङ्ख्या ६५ पुगेको छ । यसअघि शुक्रबार पाल्हीनन्दनमा–२ की ३० वर्षीय महिलामा पनि कोरोना पुष्टि भएको थियो । समुदाय स्तरमा दिनानुदिन काेराेना संक्रमित बढेसंगै हाल जिल्लामा कोरोना संक्रमितको संङ्ख्या २५१ पुगेको छ ।
नवलपरासीको प्रतापपुर र पाल्हिनन्दन गरी १८ जनामा कोरोना संक्रमित पुष्टि