२४ चैत, बाँके । ए.जी. सर्भिस प्रा.लि.को आयोजनामा नेपालगन्जमा संचालित तेस्रो नेपालगन्ज महोत्सव २०७७ को समापन समारोह आज हुने भएको छ ।
“समृद्ध नेपालको प्रमुख आधार व्यापार कृषि पर्यटन सांस्कृतिक तथा रोजगारको पुर्वाधार” भन्ने मुल नारा सहित गत चैत १२ गते देखि संचालित महोत्सवको भोलि १३ औं दिन पुरा भएको छ ।
सोमबार महोत्सवमा राष्ट्रिय ख्याति प्राप्त कलाकार को प्रस्तुति रहेको थियो भने आज समापन समारोहमा कलाकार रचना रिमाल आउने भएकी महोत्सव स्थित सचिवालयले जनाएको छ ।
ए.जी. सर्भिस प्रालिका अध्यक्ष नन्द बहादुर बुढाले भने, ” हामीले बिषेशत कृषि सम्बन्धि कार्यलाई अगाडि बढाई रोजगारको वातावरण सिर्जना गर्ने लक्ष्य लिएका छौं । यसै लक्ष्यलाई आत्मासाथ गर्दै बहु आयामिक र पर्यटन व्यवसायलाई प्रोत्साहन तथा सामाजिक उत्तरदायित्व बहन हुने गरी ए जी सर्भिस प्रा लि नेपालगञ्ज बाँकको आयोजनामा ब्यापार पर्यटन कृषि सांस्कृतीक महोत्सव २०७७ तेस्रो नेपालगञ्ज महोत्सवलाई झण्डै २ लाख ५० हजार भन्दा बढि अवलोकन गर्ने लक्ष्य लिएको भए पनि प्राकृतिक प्रकोपका कारण बाधा अड्चन आएको हुँदा उक्त लक्ष्य प्राप्त गर्न सकिएन । तर हामीले महोत्सव संचालन गर्न यस क्रममा कोरोना संक्रमणलाई विशेष मध्यनजर गर्दै नेपाल सरकारले लागु गरेको स्वास्थ्य सम्बन्धित मापदण्ड पूरा गरेर महोत्सव संचालन गरेका छाै । टिकट संगै माक्स, सेनिटाईजर लगायतका मापदण्ड पूरा अनिवार्य गरिएको छ । महोत्सवको बिच हामी दर्शकहरुको स्वास्थ्यलाई मुख्य प्राथमिकता दिएका छाैं । महोत्सव स्थलमा प्रवेश गर्न स्वास्थ्य सम्बन्धित सबै मापदण्ड कडाईका साथ चेकजाँच गरेर मात्र प्रवेश गराइएको छ ।”
त्यस्तै नृत्यमा युवालाई प्रोत्साहन गर्नका लागी महोत्सवमा खुल्ला एकल नृत्य प्रतियोगिता २०७७ समेत आयोजना गरिएकोछ । भोलि हुने फाईनल राउन्डमा नृत्यमा प्रथम हुने प्रतिस्पर्धीलाई रु ५०,००० र फिल्ममा अभिनय गर्ने अवसर दिईनेछ । दोश्रोलाई रु ३०,००० र म्युजिक भिडियो खेल्ने अवसर दिईनेछ । त्यस्तै तेस्रोलाई २०,००० पुरस्कार र म्युजिक भिडियो खेल्ने अवसर दिईनेछ भने चौथो स्थान हासिल गर्ने प्रतिस्पर्धीलाई पनि सान्तोना पुरस्कार प्रदान गरिनेछ ।