जीवन ओली दाङ ।लुकेका प्रतिभाहरूलाई राष्ट्रिय मञ्च प्रदान गर्ने उद्देश्यले सुरू भएको आरके इलोक्ट्रोनिक्स अटोरिक्साले आइ एम स्टार मेघा डान्स कम्पिटिसन रोल्पा जिल्लाको कार्यक्रम सम्पन्न गरेको छ ।
दाङ, सल्यान, रुकुम र रोल्पामा आरके इलोक्ट्रोनिक्स अटोरिक्साले आइ एम स्टार मेघा डान्स कम्पिटिसनको आयोजना गरेको हो ।
जिल्ला जिल्लामा संचालन भइरहेको मेगा नृत्य अन्तर्गत रोल्पा जिल्लाको कार्यक्रम रोल्पा नगरपालिका लिबाङमा सेमिफाइनल राउण्ड सम्पन्न भएको हो प्रतियोगितामा भाग लिदै यहाँ सम्म आउने १३ जना प्रतियोगितामा सहभागी भएका प्रतियोगी हरु मध्ये ग्रेन्ड फीनालेमा पुग्न सफल ८ जना रहेका छन् ्र दिपेश वुढा मगर ,स्मृती रोका मगर ,प्रकृती भन्डारी ,सैगात मगर,अस्मी घर्ति मगर,बिमला थापा मगर,सुनिता बुढा मगर,मनकामना पुन मगर साथै अडिसन भएका जिल्लाहरुका प्रतियोगी लाई दाङ जिल्लामा उपस्थिति गराई २०७८ एक महिना १८ गते होटेल दाङ फन भ्यालिमा सम्पूर्ण प्रतियोगीको ग्रान्ड फिनाले हुने जानकारी गराइएको छ ।