१८ चैत, बाँके । नेपालगन्जमा ए.जी. सर्भिस प्रा.लि.को आयोजनामा संचालित तेस्रो नेपालगन्ज महोत्सव २०७७ मा मंग्लवार गायक चक्र बम आउनेभएको थियो भने आज सातौं दिन बालकलाकार सचिन परियार र रबिना बस्याल बीच दोहोरी हुने भएको छ । उनीहरु लगायत आधा दर्जन जति राष्ट्रिय ख्याती प्राप्त चर्चित कलाकारहरुको प्रस्तुति रह्ने आयोजकले जनाएको छ ।
त्यस्तै नेपालगन्ज डान्स आइडल सगरमाथा डान्स ग्रुप, व्यापारिक स्थल बाल उद्यामका साथै स्थानीय कलाकारहरुको बेजोड प्रस्तुती थियो । उक्त महोत्सवमा सोमबार भएको नृत्य प्रतियोगितामा केवि शाही, सन्तोष सोती मगर लगायतका निर्णायक हुनुहुन्थियो । मंग्लवार भएको A ग्रुपको प्रतियोगितामा २० जना प्रतिस्पर्धी मध्ये १६ जना प्रतिस्पर्धी फाइनल राउन्डमा पुग्न सफल भएका छन । आज भने B ग्रुपको प्रतियोगिता हुने निर्णायकले जनाएका छन । मंग्लवार देखि महोत्सव प्रवेश गर्न काटेको टिकटबाट नै आफुलाई मन परेको प्रतिस्पर्धीलाई भोट दिन सकिन्छ । 

महोत्सव भर राष्ट्रिय ख्याती प्राप्त चर्चित कलाकार रेखा थापा, आर्यन सिग्देल, प्रमोद खरेल, चन्द्र शर्मा, बद्रि पंगेनी, ज्योती मगर, पुस्कल शर्मा, दुर्गेश थापा, मिस्टर आरजे, सर्जना खत्री, प्रिती आल, प्रकाश सपुत, पशुपति शर्मा, रमेश राज भट्टराई, राम जी खान, बाल कलाकार सचिन परियार, सिरजु अधिकारी, प्रिती आले, भुमिका गिरी, आरोसी मगर, रुविना अधिकारी, श्री निवाश थारु, दुर्गा नेपाल, रवि रिमाल, बैकुण्ठ महन्त, डिजे विटि, टिका सानु, योगेश काजी, सम्राट चौलागाई लगायतका कलाकाहरुकोे प्रस्तुती रह्नेछ ।
उक्त महोत्सवको मुख्य प्रायोजकमा देउती सोप एण्ड केमिकल्स प्रा.लि., संरक्षणमा नेपालगन्ज उपमहानगरपालिका रहेको छ भने मुख्य मिडिया पार्टनरमा नील खबर अन्लाईन र कृष्णासार एफ एम छन ।
महोत्सव निरन्तर २२ गते सम्म दिनहुँ ११ बजे देखि रात्री ८ बजे सम्म संचालन हुनेछ । महोत्सवमा आएका एक विवाहित जोडीलाई उत्कृष्ट जोडीमा सम्मान समेत गरिएको थियो ।