गोविन्द नेपाली ,कावासोती , १४ चैत्र २०७७। नेपाल दलित समाज गैंडाकोट १०/१३ नवलपुरको दसौ साधारणसभा तथा छैटौं अधिबेशनसम्पन्न भएको छ । अधिबेशन ले सन्तु परियारको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको छ । समाज को उपाध्यक्षमा शारदा बि क, सचिवमा सुदिप परियार, कोषाध्यक्षमा नेत्र परियार , सहसचिवमा बिमला नेपाली , सदस्यहरुमा दिपक बिक ,अनिल बिक , बबिता परियार , चक्र सुनार दिलिप नेपाली लगायत का सदस्यहरु चयन भएका छन् । साधारणसभा को उद्घाटन गर्दे प्रमुख अतिथि जिल्ला समन्वय समितीकि उप प्रमुख शारदा बिस्वकर्माले दलितहरुका हक हित र अधिकारका लागि दलित हरु संगठित हुनु निकै महत्वपुर्ण बिषय भएको बताउनुभयो । उहाँले संगठनको माध्ययमबाट दलितहरुका मुद्धालाई राज्यको निति निर्माण तह सम्म पुर्याउन संघसंगठनको भुमिका महत्वपुर्ण हुने बताउनुभयो । “अझै पनि समाजमा छुवाछुत जस्ता कुप्रथाहरु छन् । बिभेद अझै पनि कायम छ । अब यसलाई पुर्णतया हटाउन दलित मात्र होईन सम्पुर्ण गैर दलित पनि एकजुट हुन पर्छ ।” उपप्रमुख ले भन्नुभयो । उहाँले जन्मको अधारमा कोहि पनि तल्लो र उपल्लो जातको नहुने भन्दै जिल्ला समन्वयको उपप्रमुख को हैसियतले यस बिषयमा आफुले सम्बन्धित ठाउमा आवाज उठाउने बताउनुभयो । नेपाल दलित समाज गैंडाकोट नवलपुरका अध्यक्ष कृष्ण बहादुर किसान को अध्यक्षतामा भएको सो कार्यक्रममा समाज सेबि बुधिजिवी वदा अध्यक्ष व सदस्य समाज का साधारण सदस्यहरु राष्ट्रिय दलित पत्रकार संघ का अध्यक्ष गोविन्द नेपाली लगायत बिभिन्न संघसस्थाका प्रतिनिधीहरुले शुभकामना व्यक्त गरेका थिए ।
नेपाल दलित समाजको छैठौं अधिबेशन सम्पन्न ,अध्यक्षमा सन्तु परियार