काठमाडौं । नेपालमा पछिल्लो चौबीस घण्टामा १५६ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टी भएको छ ।
४ हजार ४१६ जनाको परीक्षण गरिएकोमा १५६ जनामा सङ्क्रमण पुष्टि भएको हो ।
थपिएका सङ्क्रमित सँगै नेपालमा कोरोनाका कुल सङ्क्रमितको संख्या दुई लाख ७६ हजार ६६५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो चौबीस घण्टामा ७० जना सङ्क्रमित निको भएका छन् ।
हालसम्म दुई लाख ७२ हजार ३४२ जना सङ्क्रमित निको भएका छन् । हाल १ हजार २१९ जनामा भाइरसको सङ्क्रमण सक्रिय रहेको छ । पछिल्लो चौबीस घण्टामा सङ्क्रमितको मृत्यु भएको छैन् ।
हालसम्म तीन हजार २४ जना सङ्क्रमितको कोरोना भाइरसको कारण मृत्यु भएको छ ।