जनकपुरधाम । जनकपुर स्थित एक होटलमा श्रीमान सँगै बसेकी महिला होटल नजिकै मृत फेला परेकी छन् ।
जनकपुरधाम उपमहानगरपालिका स्थित रमानन्द चोकमा रहेको सर्लाही होटेल एण्ड गेष्ट हाउसको पाँचौँ तल्लामा रहेको कोठा नम्बर २०५ मा श्रीमान सँगै बसेकी महिला होटल बाहिर मृत फेला परेकी हुन् म्याग्दीको मेलानी गाउँपालिक ७ बस्ने ३० वर्षीया सिर्जना सुनार श्रीपाली श्रीमान् विश्वास श्रीपालीसँगै दुई दिनअघि होटलमा आएर बसेकी थिइन् ।