चैत्र ०८ /२०७७ , गोविन्द नेपाली । ´जातिबाद विरुद्ध युवा` जातीय हिंसा र छुवाछूत विरुद्ध हामी” भन्ने मुल नाराका साथ ५६ औँ अन्तराष्ट्रिय जातिभेद उन्मूलन दिवस आज देशभर विभिन्न कार्यक्रम गरि मनाइएको छ । यसै सन्दर्भमा यो दिवसलाई आज नेपालमा पनि जातीय विरुद्ध विभिन्न स्थानमा ¥याली तथा बृहत सभा कार्यक्रम र अन्र्तकृया कार्यक्रम गरि मनाइएको छ । विभिन्न दलित संघ सस्थाहरुको आयोजनामा बाजागाजा सहित देशका विभिन्न सडकका चोकचोकमा जुलुसहरु निकालिएका छन् । यसै सन्दर्भम कावासोतिको इन्द्रचोकमा जातिभेद उन्मुलन दिवस मनाइएको छ । नेपाल दलित मुक्ति अभियान जिल्ला समिति नवलपुर दलित -याली कार्यक्रम निकाली कोण सभा गरि मनाईएको थियो । -यालीमा दलित राजनीतिकर्मी, दलित अधिकारकर्मी, समाजसेवी, जनप्रतिनिधि पत्रकार हरुको उपस्थिति थियो ।
कावासोतिमा जातिभेद उन्मुलन दिवसको अवसरमा विबिध कार्यक्रम सम्पन्न