८ चैत, बाँके । नेपालका विभिन्न पिछडिएका वा अविकसित स्थलहरूमा घरेलु हिंसाहरु देखिन्छन। नेपालमा घरेलु हिंसा भोगिरहेका मनिसले शारिरीक, मानसिक, यौनिक तथा आर्थिक यातनाहरू सहनुपरेको हुन्छ । समाजशास्त्रीय तथा मानवशास्त्रीय दृष्टिकोणमा हिंसा, सामाजिक व्यवस्था र संरचनाको उपजको रूपमा लिइन्छ । यो पारिवारिक, स्थानीय, राष्ट्रिय सबै तहमा देख्न सकिन्छ । राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक संरचनाले समाजमा हिंसा बढेको छ । महिला भएको कारणबाट महिलामाथि गरिने शारीरिक, मानसिक, सामाजिक तथा बौद्धिक शोषण, दमन, यातना र दुरव्यवहारहरूलाई महिला हिंसा भनिन्छ । यस्तैमा नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २० का वडाध्यक्ष कृष्ण कार्कीले आफ्नो श्रीमतीलाई शारीरिक तथा मानसिक यातना दिदै आएको खुलेको छ । कार्कीले आफ्नो कान्छी श्रीमती दिल माया पुनलाई यातना दिएका हुन । आफु वर्षाै देखि घरेलु हिंसाको सिकारमा रहेको पुनले बताएकी छन । पिडित दिल माया पुन रुदै भनिन," सुरुमा हामी दुबै जना एन. जि. ओ. मा काम गर्ने क्रममा भेट भएको थियो । २०६० सालमा कृष्ण कार्कीले झुक्याएर म संग बिवाह गरेका थिए । म कान्छी श्रीमती रहेको थाहा पाए पछि श्रीमान संग छुट्टिन खोज्दा अनेक डर त्रास देखाएर मलाई चुप लगाएका थिए । त्यस पछि दिनहुँ म हिंसाको सिकारमा पर्दै गए । अहिले दुईवटा जुड्वा छोरी छन ।" वडाका पिता नै हिंसामा संग्लन : कार्की नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २०का वडाध्यक्ष पनि हुन । पिडित पुनले आफ्नो दु:ख पोख्दै प्रश्न गरिन, के एक वडाध्यक्षले गर्ने व्यवहार र कार्य यहि हो ? आफ्नो पावरको त्रास देखाउने, पदको दुरुपयोग गर्ने ! हाल नेपाल भर घरेलु हिंसा, बाल बिवाह, लगायतका महिला सम्बन्धित हिंसात्मक गतिबिधी न्यूनीकरण गर्न अनेक एन. जि. ओ., कार्यक्रम, समाजिक अभियानताहरु लागि परेका छन । थप जानकारीका नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २० का वडा अध्यक्ष कृष्ण कार्कीलाई मो. नम्बर 9858023183 मा सम्पर्क गर्न खोज्दा उनले कुरा गर्न चाहेनन् । श्रीमतीको विषयमा कुरा गर्न खोज्दा उनले फोन काटिदिए र फेरि पनि धेरै पटक सम्पर्कमा ल्याउन खोज्दा उनले फोन उठाएन्न । पुन माथी भएका केही हिंसाहरु : शारीरिक हिंसा महिलालाई कुटपिट गर्ने, बलपूर्वक गर्भपतन गर्न लगाउने, अंगभंग गर्ने, थुन्ने, जलाउने, कार्य बोझ थोपर्ने आदि शारीरिक हिंसाभित्र पर्छन् । तस्तैमा पुनले आफुलाई शारीरिक रुपमा पीडा भोग्दै आएको बताएकी छन । उनले भनिन, "श्रीमान कार्कीले दिनहुँ म संग झगडा गर्ने, मलाई शारीरिक पीडा दिने, लुगा च्यातदिने लछापछार गरेर कुटपिट गर्ने लगायतका हिंसात्मक गतिविधि गर्दै आएका छन ।" मानसिक हिंसा : "श्रीमान कार्कीले मलाई धम्की दिने, नराम्रा फोटो टास्दिने, मलाई हेप्ने, गाली–गलौज गर्ने, भेदभाव गर्ने, भावनात्मक चोट पुर्याउने, बेइज्जती लगायतका मानसिक तनाव दिदै आएका छन ।" आर्थिक हिंसा : आफ्नो कान्छी श्रीमती पुनलाई आर्थिक स्रोत र साधनबाट वञ्चित, श्रीमतीको स्वीकृति र सहमति बेगर सम्पत्तिको प्रयोग गर्दै आएका र अन्य सेवा सुबिधाबाट वञ्चित गरेका छन । पुनले भनिन, "श्रीमानले म र दुई वटा छोरीहरुको लागि डुडुवा गाउँपालिका वडा नम्बर ५ मा कुखुरा फारम जस्तो घर बनाई दिएका छन । माईती तर्फ कोहि हुनु हुन्न । छोरीहरुको भबिस्य र बुबाको छायाको लागि मात्र म त्यस्तो घरमा गुजारा गर्न बाध्य भएकी छु । खुला आकाशमा नुहाउन समेत बाध्य भएकी छु । उता श्रीमानले घर हाल्दै, कोठामा कोठा थप्दै, मार्बल-टायलस हालेको घर छ, सुन भिरेर हिड्ने, गाडीमा हिड्ने गरेका छन ।" कार्कीले कहिले कसो मात्र डुडुवामा भएको छाप्रो जस्तो घरमा आउने, एक बोरा चामल र केही खानेकुरा किनदिने गरेका पुनले बताईन । पावरको दुरुपयोग र घमण्ड कार्कीले आफ्नो विभिन्न राजनितीक पावर र पदको बलमा श्रीमतीलाई पिडा दिने त्रास देखाउने, कुटपिट गर्ने गरेका छन। पावरमा रहेका कार्कीको डरले पिडित पुनलाई कोहि कसैको कुनै सहयोग नमिलेको गुनासो पोखेकी छन । हिंसाको सिमाको सबै हद पार भइ सके पछि अन्त्यमा महिला सेलमा उपचारका लागि सहयोग माग्न आएको र मिडिया मार्फत आफ्नो दु:ख पोख्दै अन्यायमा परेकी पुनले न्यायको माग गरेकी छन । पिडितको माग :पुनले भनिन "म म मानसिक ,शारीरिक पीडा, आर्थिक हिंसा, यातना, लगायतका हिंसाबाट पिडित छु । बच्चाहरु पढने उमेरका भई सकेका छन । कार्की श्रीमानको हैसियतले छोरीहरुलाई खाना खर्च, पढने लेख्ने खर्च,को व्यवस्था गरिदिने त्यस पछि म श्रीमान संग छुट्टिन चाहन्छु ।"
वडाध्यक्षले यातना दिदै आएको श्रीमतीको आरोप