कावासोती - अमेरिका जाने र उतै मोज मस्तिमा जीवन बिताउने सपना अचेल प्रायः युवा पुस्तामा हुने गर्दछ। यस्तै सपनाले यहाँ एकजना परिवार नै बिचल्लीमा परेका छन।प्रसङ्ग हो अमेरिका कान्ड -२ को। पछिल्लो समय छोटा चलचित्र बनाउदै युट्युब बाट प्रसारण गर्दै गरेका रन्जित रानाले यसपाली पनि अमेरिका कान्ड को भाग २ बनाएर आफ्नै परिवारलाई छिन्नभिन्न बनाएका छन। पहिलो भाग अमेरिका काण्डको कथा बाट नै सुरु भएको द्रोश्रो भाग हेर्न भन्दा पहिले पहिलो भाग हेर्न निर्देशक रन्जित रानाले अनुरोध गरेका छन् । मोफसलमा रहेर पनि पछिल्लो समय विभिन्न कथा बस्तुमा धेरै नै छोटा चलचित्र बनाएका रानाले यसपाली भने हासो, रोदन, व्यङ्ग्य मिसाएर अमेरिका काण्ड भाग २ बनाएका हुन। यस भिडियोमा बिदेस जानका लागि मानिसले के सम्म गर्न सक्छन,बिदेस गैसकेपछी के गर्छन,अनि बिदेस जानेको प्रगती देखेर गाउँ घरमा हुनेहरुले कसरी दैनिकी गुजार्छन भन्ने जस्ता बिषयलाई छोटो अनि मीठो तरिका बाट व्यंग्य गरिएको छ। कावासोतीका रन्जित राना, पुजा पौडेल , सरिता गाहा, मिलन श्रेष्ठ, रन्जना बस्नेत, सुधा थापा, सुस्मा सुनारको सशक्त अभिनय रहेको यस छोटो चलचित्रको छायांकन भने पिङ्की पराजुलीले गरेकि छन् । चलचित्रले छोटो समयमा नै दर्शकको मन जित्नेमा आफु बिश्वस्त रहेको निर्देशक रानाले बताएका छन। भिडियो हेर्न तलको लिन्कमा जानू होला।
अमेरिका कान्डले घरबार नै बिगार्यो (भिडियो सार्वजनिक )