कावासोती ,चैत्र ६ । नवलपुरको कावासोतिमा सडक दुर्घटना निरन्तर बढिरहेको छ।यसै क्रममा हिजो राती खरकट्टा जंगलमा स्कुटर दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको नवलपुर प्रहरीले जानकारी दिएको छ। राती भएको दुर्घटनामा कावासोतीका ३५ वर्षीय जिवन रानाको मृत्यु भएको हो । लु ५८ प ७०४८ नम्बरको स्कुटर दुर्घटना भएको खबर प्राप्त गरि प्रहरीले उद्धार गरि उपचारको लागि मध्यविन्दु जिल्ला अस्पताल नवलपुर पठाएको थियो । जिल्ला अस्पतालबाट थप उपचारको लागि पुरानो मेडिकल कलेज भरतपुर रिफर गरिएका रानालाई मेडिकल कलेजले मृत घोषण गरेको हो । दुर्घटनाको बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय नवलपुरका नायव उपरीक्षक दिलिप कुमार गिरिले बताएका छन।
कावासोतिमा रोकिएन सडक दुर्घटना ,फेरि एकजनाको गयो ज्यान