१, चैत्र बिशाल,
चोरमारा। मध्यबिन्दु – ७ चोरमारा जीपपार्कमा एक औपचारिक कार्यक्रम बिच नेपाली काङ्ग्रेसका नेताद्वय बिष्णु कुमार कार्की र चन्द्र बहादुर रानाले संयुक्त रुपमा दुर्गा मन्दिरको शिलान्यास गरेका छन।
दुर्गा मन्दिर व्यवस्थापन समितिका अध्यक्ष भिम खड्काको सभापातित्वमा भएको शिलान्यास कार्यक्रममा प्रमुख अतिथी नेपाली काङ्ग्रेसका नेता बिष्णु कुमार कार्की, बिशिस्ट अतिथी काङ्ग्रेस नेता तथा मध्यबिन्दु नगरप्रमुख चन्द्र ब. राना, बिशेष अतिथी वार्डध्यक्ष अमृत ज्ञवाली, जनप्रतिनिधिरमा ढकाल, बिजय सामुदायिक बनका अध्यक्ष मधुबिलास अधिकारी, मध्यबिन्दु उ.वा.संघका अध्यक्ष केदार पराजुली, मध्यबिन्दु घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष देवलाल काफ्ले, विभिन्न संघ संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरु लगायतको बाक्लो उपस्थिति रहेको थियो भने लेखनाथ भट्टराईले कार्यक्रम संचालन गरेका थिए।
सो शिलान्यास कार्यक्रमका नेताद्वय कार्की र रानाले मन्दिर निर्माणको लागि व्यतिगत रुपमा आर्थिक सहयोगको प्रतिबद्धता व्यक्त गर्दै सम्पुर्णमा सहयोगको लागि आव्हान समेत गरेका छ्न साथै अतिथीहरु तथा उपस्थित जनसमुदायले मन्दिर निर्माणको लागी सहयोगको समेत घोषणा गरेका छन।