खगिसरा न्यौपाने बस्याल,कावासोती।कावासोती नगरपालिका वडा न २ मा आजबाट कोभिड १९ विरुद्धको दोस्रो चरणको खोप लगाउने कार्य सुभारम्भ गरिएको छ।वडाध्यक्ष लक्ष्मीप्रसाद पौडेलले पहिलो सुइ लगाएर अभियान सुरु गरिएको हो।आजबाटनै स्वास्थ बिमा कार्यक्रम समेत वडामा सुरु गरिएको वडाध्यक्ष पौडेलले बताएका छन।सबैलाइ कोभिड १९ बाट सुरक्षीत राख्न रास्ट्रीय कार्यक्रम अन्तर्गतनै यो कार्यक्रम गरिएको पौडेलले बताए।कार्यक्रम अन्तर्गत वडामा रहेका वृद्ध वृद्दालाइ खोप लगाइनेछ।सुभारम्भ कार्यक्रममा वडाध्यक्ष सहित वडाका अन्य जनप्रतिनिधि र बुद्धिजीवी हरुको उपस्थिति रहेको थियो भने उनिहरुले समेत खोप लगाएर अभियान सुरु गरिएको जनाइएको छ।
कावासोती २ मा पनि कोभिड विरुद्धको दोस्रो चरणको खोप सुरु ,वडाध्यक्षले गरे सुभारम्भ