कावासोती,नवलपुर।कावासोती नगरपालिका वडा न २ मा रहेको नवदुर्गा सामुदायिक वनले आफ्नो चौथो अधिवेशन तथा १० औं साधारणसभा आज एक कार्यक्रमका विच सप्पन्न गरेको छ।प्रदेश सभा सदस्य रोशन बहादुर गाहको प्रमुख आतिथ्यता तथा वनका अध्यक्ष कृष्ण बहादुर ठाडाको सभापतित्वमा सप्पन्न कार्यक्रममा सेवा क्षेत्र भित्रका एकल महिला र जंगलमा हुने आगलागी नियन्त्रणमा सहयोगी भुमिका खेल्ने व्यक्तिहरुला सम्मान समेत गरिएको थियो।कार्यक्रममा बोल्दै प्रमुख अतिथी गाहाले सामुदायिक वन सबैको साझा सम्पत्ति भएकोले सबै मिलेर संरक्षण गर्नुपर्नेमा जोड दिए।कार्यक्रममा वडाध्यक्ष लक्ष्मीप्रसाद पौडेल,बनका प्रतिनिधि तथा स्थानीयको उल्लेख्य उपस्थिति रहेको थियो।
नवदुर्गा सामुदायिक वनको अधिवेशन तथा साधारणसभा सप्पन्न