२५ फागुन २०७७ काठमाडौं
गएको मङ्सिरमा भएको स्थानीय तह, प्रदेश सभा र प्रतिनिधि सभाको उपनिर्वाचनबाट निर्वाचित ५२ जना पदाधिकारीको हैसियत अब स्वतन्त्र हुने भएको छ ।
पूर्वप्रमुुख कार्यवाहक निर्वाचन आयुुक्त दोलखबहादुर गुरुङले राजनीतिक दलसम्बन्धी ऐनमा रहेको कानूनी व्यवस्थाअनुसार उपनिर्वाचनमा निर्वाचित जनप्रतिनिधिको हैसियत स्वतन्त्र हुने बताउनुभयो ।राष्ट्रिय सभा सदस्यका लागि भएको निर्वाचनमा १६ जना उम्मेदवार विजयी भएका थिए । यी १६ जना सांसदको हैसियत पनि स्वतन्त्र हुने र उनीहरू पछि अर्को पार्टीमा प्रवेश गर्दा पद नजाने तर्क गुरुङको छ ।
केपी शर्मा ओली र पुुष्पकमल दाहाल प्रचण्डले संयुक्त रूपमा आयोगमा निवेदन दिएमा अझै पनि एकीकरणको सम्भावना जीवित रहेको आयुक्त गुुरुङको तर्क छ । त्यसो हुँदा पुरानै प्रमाणलाई आधार मानेर नयाँ दल दर्ता हुनसक्छ ।