४ फागुन, बाँके ।
दाङमा बस र मोटरसाइकल ठोक्किँदा दुई जनाको ज्यान गएको छ ।
दाङको देउखुरीमा ना ४ ख ९०१६ नम्बरको बस र अनटेष्ट मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालकको ज्यान गएको हो । मोटरसाइकल चालक लमही नगरपालिकाका तिलक थापा र पछाडि बस्ने प्रकाश थापाको ज्यान गएको प्रहरीले जनाएको छ ।
पछाडि बसेका प्रकाशको घटनास्थल मै ज्यान गएको थियो भने चालक थापाको उपचारका क्रममा ज्यान गएको प्रहरीको श्रोतले जनाएको छ ।