संजय कुशवाहा / नवलपरासी २४ फागुन । पश्चिम नवलपरासीको सीमा क्षेत्रबाट भारी मात्रामा लागू अौषध सशस्त्र प्रहरीले बरामद गरेको छ । आइतबार साझ प्रतापपुर गाउँपालिका वडा नं. ५ धर्मौली स्थित भारतबाट लुकाई छिपाई अन्दाजी २२ वर्षको मानिस झोलामा समान बोकी नेपालतर्फ ल्याउदै गरेको अवस्थामा सशस्त्र प्रहरी बल नेपाल ( वि अो पी ) गुठी परसौनीका सशस्त्र प्रहरी निरीक्षक संतोष खरेलको कमान्डमा खटिएको ९ जनाको गाडी मोबाइल टोलीलाई देखेपछि उक्त व्यक्तिले झोला फाली भागेको र झोला सशस्त्र प्रहरीले चेकजाँच गरि हेर्दा ओनोरेक्स २५ पिस ,नेटरा भेट १० चक्की , डाईजिपाम २० एम्पुल ,नुफिनीजेकटोन २० एम्पुल ,फिनारगन २० , स्पासमो फोट १ हजार ८ क्यपसुल लागू अौषधी फेला पारेको हो । बरामदमा लिइएको लागू अौषध आवश्यक कारवाहीको लागी वि अो पी कार्यालयमा बुझाइएको गुठी परसौनीका सशस्त्र प्रहरी निरीक्षक खरेलले जानकारी दिए ।
सशस्त्र प्रहरीद्वारा लागू औषध बरामद