बिबेक भण्डारी, फागुन २१। देवचुली जेसीजको आयोजनामा शुक्रवार बृहत स्वास्थ्य शिविर आयोजना गरिएको छ। आमाको स्वास्थ्य नै पहिलो प्राथमिकता रहेको भन्दै जेसीजले निशुल्क स्वास्थ्य परिक्षण तथा परामर्श प्रदान गरेको कार्यक्रम संयोजक जेसी गणेश न्यौपानेले जानकारी दिनुभयो । उहाका अनुसार शिविरमा विशेष गरी महिलाह?मा देखिने स्वास्थ्य समस्या अन्तरगत तल्लो पटे दुख्ने ,गर्भ परिक्षण तथा गर्भ सम्बन्धि लगायत भरतपुर सरकारी अस्पतालका स्त्री रोग विशेषज्ञ डा सुनिलमणि पोख्रेल द्धारा निशुल्क स्वास्थ्य परिक्षण गरिएको थियो । उक्त शिविरको उद्घाट कार्यक्रममा देवचुली नगरपालिकाका प्रवक्त एव वडा नम्बर १३ का वडा अध्यक्ष क्याप्टेन डिलबहाखुर खत्रीको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रम संयोजन जेसी गणेश तिमल्सेना, व्यवस्थापक रोजी कोइराला रहेका थिए भने कार्यक्रमको अध्यक्षता जेसी हरी पोख्रेलको रहेको थियो । उक्त शिविरबाट ५४ जनाले स्वास्थ्य लाभ लिएका थिए ।
देवचुलीमा निशुल्क स्वास्थ्य शिविर, ५४ जनाले लिए सेवा