
नारायण प्रभु, फागुन-१३ ,कावासोती ८ निवासी सौजन पौडेलको जन्मदिनको अवसरमा पौडेल र उहाँकी श्रीमती शोभा पौडेलले कावासोतीमा रहेको मौलाकालिका अपाङ्ग सेवा केन्द्रमा नगद हस्तान्तरण गर्नु भएको छ। अष्ट्रेलिया निवासी पौडेलले जन्मदिन जस्तो पबित्र दिनमा फजुल खर्च गर्नुको साटो असहायहरुलाई सहयोग गर्न पाउँदा पुण्यको काम गरेको महशुस भएको भन्दै खुसी व्यक्त गर्नुभयो। आज उहाँका बुबा गणेश पौडेल, आमा लक्ष्मी पौडेल, भाइ सुमेस पौडेलले जन्मदिनको अवसरमा पठाएको रकम रु. १११११( एघार हजार एक सय एघार रुपैयाँ) अपाङ्ग सेवा केन्द्रका संचालक कृष्ण कुमार रोक्कालाई हस्तान्तरण गर्नुभएको हो। संचालक रोक्काले पबित्र दिनमा अबोध बालबालिकालाई सम्झेर सहयोग पठाइदिने पौडेल दम्पती र उहाँका परिवारलाई धन्यवाद व्यक्त गर्नुभयो। २०७३ सालमा स्थापना भएको अपाङ्ग सेवा केन्द्रमा अहिले २५ जना अपाङ्ग बालबालिकाले आश्रय लिइरहेका छन।
जन्मदिनको अवसरमा अपाङ्ग सेवा केन्द्रमा नगद हस्तान्तरण